असार २२, २०८२ आइतबार July 6, 2025

सातामा दुई दिन बस्नुपर्ने संवैधानिक इजलास महिनौंसम्म बसेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संवैधानिक इजलासमा पुगेका गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने मुद्दा वर्षौंदेखि सुनुवाइ हुन नसकेर रोकिएका छन् । निर्वाचनसम्बन्धी विवाद, संसद् वा संवैधानिक जटिलता उत्पन्न भएका मुद्दाको सुनुवाइ गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको संवैधानिक इजलासमा वर्षाै  पुराना सय बढी मुद्दा थुप्रिएर बसेका छन् ।

२०७४ सालको स्थानीय तह, प्रदेश र संघीय सांसदको निर्वाचनको मुद्दाले आधा कार्यकाल सकिँदा पनि मुद्दाले अन्तिम किनारा लगाउन सकेको छैन । प्रतिनिधिसभामा सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी भएपछि उनका प्रतिद्वन्द्वी भगवती चौधरीले दायर गरेको मुद्दाको फैसला संसद्को आधा कार्यकाल पूरा हँुदासमेत अझै संवैधानिक इजलासमा विचाराधीन छ ।

त्यस्तै, तनहुँ २ नम्बर प्रदेश सभा निर्वाचनमा धाँधली गरेर आफूलाई पराजित गरेको भन्दै काँग्रेसका नेता प्रदीप पौडेलले दायर गरेको रिट अझै सुनुवाइ हुन सकेको छैैन ।

मकवानपुरकी सुकुमाया लामाले नागरिकता नपाएको भन्दै दायर गरेको मुद्दा आठ वर्ष बितिसक्दा पनि उनले न्यायको आभास पाउन सकेकी छैनन् । नागरिक नपाएको भनी अदालतमा दायर भएको मुद्दा संवैधानिक इजलासमा ४५ पटक पेसी तोक्दा २२ पटक सुनुवाइ भइसक्यो । ७ भदौ २०६९ मा तत्कालीन विशेष इजलासमा रहेको सो मुद्दा संवैधानिक इजलासमा सरेपछि पटकपटक पेसीमा चढेर पनि फैसला हुन सकिरहेको छैन । नयाँ संविधानले पहिला प्रधानन्यायाधीशले मुद्दाको गाम्भीर्य हेरी तोक्ने गरेको विशेष इजलास खारेज गरी संवैधानिक इजलासको कल्पना गरेको थियो । त्यसपछि विशेषका मुद्दा संवैधानिकमा सारिएको थियो ।

द्वन्द्वकालको घटनासँग जोडिएको तत्कालीन सूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाको पदबहाली रोक्न मागसहित २०६८ सालमा काभ्रेकी पूर्णिमाया लामाले दिएको रिटमा अझै अन्तिम फैसला भएको छैन । सो मुद्दाको विषय संवैधानिक प्रश्न उठेपछि पटकपटक अदालतले पेसी तोक्ने र सुनुवाइ गरे पनि फैसला हुन सकेन । त्यस्तै, अदालतमा विचाराधीन मुद्दालाई प्रभावित बनाउन लेख प्रकाशित गरेको भन्दै सापकोटाले कनकमणि दीक्षितविरुद्धको मुद्दा विचाराधीन छ ।

संवैधानिक इजलास हसााको दुई दिन बुधबार र शुक्रबार मात्र बस्ने गरेको भए पनि कोरोना महामारीका कारण महिनौंदेखि बस्न सकेको छैन । प्रधानन्यायाधीशको नेतृत्वमा गठित सो इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भुरप्रसाद श्रेष्ठ छन् । प्रधानन्यायाधीशसहित सो इजलासका अरू न्यायाधीशले अन्य विषयका मुद्दा पनि हेर्नुपर्ने भएकाले संवैधानिक विवादका विषय मात्र हेर्न हप्ताको दुई दिन छुट्याइएको हो । तर, छुट्याइएको समयमा पनि संवैधानिक इजलास बस्न सकेको छैन । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार