जिल्लाका केहि गाउँपालिकाले असोज पहिलो साताबाट नै पठनपाठन सुरु गरेका थिए भने अरु सामुदायिक र संस्थागत विद्यालयहरूले विद्यालय खुलाउने तयारीमा थिए ।
विद्यालय, क्याम्पसलगायत सबै प्रकारका शैक्षिक संस्था तथा परीक्षासमेत अर्को सूचना जारी नभएसम्म सञ्चालन नगर्ने–नगराउने निर्णय नेपाल सरकारबाट भएकोले शैक्षिक संस्था सञ्चालन नगर्न भनिएको प्रजिअ शर्माको भनाई छ ।
शिक्षा मन्त्रालयले विद्यार्थीहरूको शिक्षण सिकाइका गतिविधि अवरुद्ध नहोस भनेर विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । प्रशासनले जारी गरेको विज्ञप्तिमा प्रत्यक्ष सिकाइ अवलम्बन गरी सरकारले गरेको निर्णयविपरीत विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारबाही हुनेछ ।
जिल्लामा कोरोना संक्रमण फैलिरहेकोले र सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको साथै समुदायमा समेत संक्रामण देखिएकोले सुचनामा भनिएको छ । जिल्लामा सामुदायिक वा संस्थागत विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा सोको जिम्मेवारी विद्यालयले नै लिनुपर्ने सुचनामा उल्लेख छ ।
लमजुङमा तीन सय ३४ वटा सामुदायिक विद्यालय र ३६ वटा संस्थागत विद्यालय रहेका छन् । खबर एडु
प्रतिक्रिया