कार्तिक २२, २०८३ आइतबार November 8, 2026

काठमाडौँ महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

महानगरले वैशाखमा नयाँ भर्ना खुलेसँगै विद्यालयमै गएर रगत सङ्कलन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २८ चैत : काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको समूह परीक्षण गर्ने भएको छ ।

कक्षा ६ देखि १० सम्म पढ्ने करिब १५ हजार विद्यार्थीको रगतको समूह पत्ता लगाउन रगत परीक्षण गर्ने भएको महानगरका मेडिकल अधिकृत डा दिवस न्यौपानेले जानकारी दिनुभयो । उहाँले विद्यार्थीको रगतको समूह पत्ता लागेपछि विपद्का बेला रगत खोज्न सजिलो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “ती विद्यार्थीको रगत समूह पत्ता लागेपछि विपद्को बेला काम लाग्न सक्छ ।”

ती विद्यार्थीको रक्तदाताको रुपमा तथ्याङ्क राख्ने र आवश्यक परेको बेला बोलाउन सक्ने उहाँले बताउनुभयो । महानगरले वैशाखमा नयाँ भर्ना खुलेसँगै विद्यालयमै गएर रगत सङ्कलन गर्ने जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया