श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

आयोगहरूबिच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

सम्मेलनले विभिन्न छ बुँदे घोषणपत्रसमेत सार्वनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, चैत ३० गते । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरू बिचको कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य भएको बताउनुभएको छ ।

पोखरामा सम्पन्न लोकसेवा आयोगहरूको दुई दिने छैटौँ राष्ट्रिय सम्मेलनको आज आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रमलाई उहाँले सम्बोधन गर्नुभएको थियो ।

उहाँले सो कार्यक्रममा आयोगहरूबाट छनोट हुने कर्मचारीहरू शासकीय प्रभावकारिताका संवाहक भएकाले आयोगको छनोट प्रणालीमा थोरै मात्र त्रुटि भएमा त्यसको असर राज्यले लामो समय भोग्नुपर्ने हुँदा चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

गौरवशाली इतिहास बोकेको संवैधानिक निकाय लोकसेवा आयोगले आर्जन गरेको जनविश्वास र स्थापित पद्धतिलाई अक्षुण्ण राख्दै प्रविधिमा आएको परिवर्तन, सूचनाको हकको बढ्दो प्रयोग र परिवर्तित सन्दर्भहरूलाई आत्मसात गरी अगाडि बढ्न सकेमा आयोगको विश्वासनीयतामा थप अभिवृद्धि हुने उहाँको भनाइ छ ।

सम्मेलनले विभिन्न छ बुँदे घोषणपत्रसमेत सार्वनिक गरेको छ । घोषणापत्रमा प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण ऐन) २०७५ बमोजिम लोकसेवा आयोगको सिद्धान्त र मापदण्ड २०८२ को मस्यौदामा प्राप्त सुझावका आधारमा आयोगबाट स्वीकृत गरी सार्वजनिक गर्ने, लोकसेवा आयोगको सिद्धान्त र मापदण्ड सार्वजनिक भएपछि सोको आधारमा सूचकहरू निर्धारण गरी सबै प्रदेश लोकसेवा आयोगहरूले आवश्यकता अनुसार स्वमूल्याङ्कन गर्ने वा समकक्षी मूल्याङ्कन गर्ने, लोकसेवा आयोगहरूको सातौँ सम्मेलन २०८३ फागुन २३ र २४ गते मधेश प्रदेशमा आयोजना गर्नेलगायत छन् ।

सम्मेलनमा लोकसेवा आयोगका सचिव रामेश्वर दङ्गालले लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगबिच समन्वय र सहकार्यको स्थायी संरचना नरहेकाले प्रत्येक वर्ष आयोजना हुने राष्ट्रिय सम्मेलन अत्यावश्यक रहेको बताउनुभयो ।

सम्मेलनमा सातै प्रदेशका अध्यक्षहरूले राष्ट्रिय सम्मेलनको सान्दर्भिकता एवं आआफ्नो प्रदेश लोकसेवा आयोगले प्रदेश र स्थानीय तहको पदपूर्तिलाई स्वच्छ, निष्पक्ष तथा विश्वसनीय बनाउन गरेका प्रयास तथा काम कारबाहीका बारेमा प्रकाश पारेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार