श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

सभामुख अर्यालसँग यूएडीपी प्रतिनिधिको भेट

डिजिटल संसद निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदानप्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं, चैत ३० गते । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले सभामुखको कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

भेटमा सभामुखले डिजिटलाइजेशन तथा ई-पार्लियामेन्ट निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले समझदारीपत्रको अध्ययनपछि सहकार्यको मोडालिटीबारे थप छलफल गरिने उल्लेख गर्नुभयो ।

यस्तै, यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले संसदहरुको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छा व्यक्त गरेको छ । साथै डिजिटल संसद निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदानप्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको जनाउनुभयो ।

सभामुखले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताउँदै उपयुक्त मोडालिटी तय गर्नुपर्नेमा जोड दिनुभयो । उक्त भेटमा संघीय संसद सचिवालयका सचिव डा रोजनाथ पाण्डे लगायतका अधिकारी तथा यूएनडीपीका प्रतिनिधिहरू सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार