मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्रधानमन्त्री कप क्रिकेटः मधेसलाई पराजित गर्दै एपिएफ विजयी

प्रतियोगिताको विजेताले १० लाख नगद र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज (पर्सा), ३० चैत : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) क्लबले मधेस प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ ।

आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा एपिएफले मधेस प्रदेशलाई ७४ रनले हराएको हो । एपिएफले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३९० रन जोडेको थियो । एपिएफका आसिफ शेखले १४२ बलमा उत्कृष्ट ब्याटिङ गर्दै दोहोरो शतकसहितको २०८ रन जोडेका थिए ।

शेखले आजको खेलमा १७ छक्का र १५ वटा चौका प्रहार गरेका थिए । त्यस्तै एपिएफका सन्दिप जोराले ४२ बलमा ५६ रन र रोहित पौडेलले ७३ बलमा ५५ रन जोडेका थिए । मधेस प्रदेशका रूपेश सिंहले तीन विकेट र रञ्जित कुमारले एक विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको मधेस प्रदेश ५० ओभरमा आठ विकेट गुमाउँदै ३१६ रनमा सीमित भएको थियो ।

मधेस प्रदेशका मोहम्मद आदिल आलमले ४३ बलमा ८७ रन जोडेका थिए । त्यस्तै मधेस प्रदेशका अरनिको यादवले ७३ बल खेल्दै ८६ रन जोडेका थिए । एपिएफ क्लबका अभिषेक गौतमले तीन विकेट र कमल ऐरीले दुई विकेट लिएका थिए । आजको खेलमा विस्फोटक ब्याटिङ गरेका आसिफ शेखले प्लेयर अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाएका छन् ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख नगद र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल वैशाख ४ गते हुँदैछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार