श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

बाँकेमा गहुँखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

गत वर्षभन्दा यो वर्ष बाँकमा गहुँखेती उत्पादन वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राँझा (बाँके), १ वैशाखः बाँके जिल्लामा गहुँखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा वृद्धि भएको छ ।

उन्नत जातको बीउ, सिँचाइ र अनुकूल मौसमका कारण यो वर्ष गहुँखेती उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिनुभयो । “खेती गर्ने जग्गाको क्षेत्रफल घटे पनि यस वर्ष गत वर्षभन्दा गहुँ बढी उत्पादन हुने अध्ययनले देखाएको छ”, पाठकले भन्नुभयो, “बीउको प्रतिस्थापन दर बढ्दो भएका कारण र किसानले हाइब्रिड जातको बीउको बढी प्रयोगका कारण पनि उत्पादनमा वृद्धि भएको हो ।”

उहाँका अनुसार बाँकेमा गत वर्ष २० हजार ८९५ हेक्टर क्षेत्रफल जमिनमा गरिएको गहुँखेतीबाट ७७ हजार ७०८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यो वर्ष समयमै बर्सात भइरहेको र कुनै किसिमको रोग तथा कीराको सङ्क्रमण नभएकाले गत वर्षको तुलनामा गहुँको उत्पादन वृद्धि हुने भएको छ ।

समयसमयमा किसानका खेतमै पुगेर गहुँबालीको अनुसन्धान गर्ने, बाली उपचार शिविरको सञ्चालन गर्ने, घुम्ती स्थलगत तालिम तथा विभिन्न सचेतना कार्यक्रम गर्ने गरेका कारण पनि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको पाठकको भनाइ छ ।

बाँके जिल्लाका किसान यतिबेला वर्षभरिको पसिनाको फल सुरक्षित गर्ने निर्णायक घडीमा छन् । गत वर्षभन्दा यो वर्ष बाँकमा गहुँखेती उत्पादन वृद्धि भएको अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताउनुभयो ।

बीउ छरेदेखि स्याहर्ने बेलासम्म सामान्य हावाहुरी र वर्षाले क्षति पु¥याए पनि समग्रमा यो वर्ष अनुकूल मौसम भएकोले गहुँको उत्पादन बढेको उहाँको भनाइ छ । गहुँको उत्पादन वृद्धि भए पनि खेती गर्ने क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ । आर्थिक वर्ष ०८०-०८१ मा जिल्लाका विभिन्न स्थानमा २१ हजार ५१५ हेक्टर क्षेत्रफल जग्गामा गहुँखेती गरिएको थियो । तर गत वर्ष भने २० हजार ८९५ हेक्टर जमिनमा मात्र गहुँ खेती गरिएको थियो । यो वर्ष क्षेत्रफल अझै घटेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत पाठकले जानकारी दिनुभयो ।

किसानहरूले गहुँखेती गर्ने जग्गामा तोरीखेती, वसन्ते मकै र विभिन्न तरकारीजन्य खेती गर्दा गहुँखेती गर्ने क्षेत्रफल घट्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिका क्षेत्रमा बढ्दो सहरीकरण र राप्तीसोनारी गाउँपालिका जङ्गली जनावरको आक्रमणले गर्दा गहुँखेती गर्ने क्षेत्रफल बर्सेनि घट्दै गएको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनसरी घटनाः सरकार र पीडित परिवारबीच सातबुँदे सहमति
२०८३ श्रावण १५, शुक्रबार
ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन
२०८३ श्रावण १५, शुक्रबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १५, शुक्रबार
राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १५, शुक्रबार
विभिन्न स्थानबाट लागु औषधसहित २५ जना पक्राउ
२०८३ श्रावण १५, शुक्रबार
धार्मिक सद्भाव कायम राख्न प्रहरी आईजीपी दानबहादुर कार्कीको अपिल
२०८३ श्रावण १५, शुक्रबार
सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता
२०८३ श्रावण १५, शुक्रबार