असोज २७, २०८३ मंगलबार October 13, 2026

मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी

घटनापछि सशस्त्र प्रहरी बल नेपालको टोली तत्कालै खोजीकार्यमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ)। तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरुष बेपत्ता भएका छन्।

स्थानीय टिका मगर (ढल्के) भनेर चिनिने ती पुरुष नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घटनापछि सशस्त्र प्रहरी बल नेपालको टोली तत्कालै खोजीकार्यमा खटिएको छ। भानुस्थित सशस्त्र प्रहरीको टोलीले आज पनि निरन्तर खोजीकार्य गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार हालसम्म बेपत्ता व्यक्ति फेला परेका छैनन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया