मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पाँच किमि खुला दौड प्रतियोगितामा राजकुमार गोले प्रथम

नव वर्ष खुला दौडमा गोले पहिलो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मकवानपुर, वैशाख १ गते । नयाँ वर्ष २०८३ सालको अवसरमा हेटौँडा उपमहानगरपालिका ६ स्थित चौघडामा आयोजित खुला दौड प्रतियोगितामा मकवानपुरको बकैया गाउँपालिका ५ का राजकुमार गोले प्रथम हुनुभएको छ ।

नेपाल तरुण दल हेटौडा उपमहानगरपालिका ६ नं वडा समितिले मङ्गलबार आयोजना गरेको पाँच किलोमिटर खुला दौड प्रतियोगितामा बकैया ५ क्रै अनिष थिङ दोश्रो र राक्सिराङका सुभाष हेमजङ्ग तेश्रो हुनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: नगद १५ हजार, १० हजार र पाँच हजार रुपियाँ तथा मेडल र प्रमाणपत्र  नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्व लामाले प्रदान गर्नुभएको थियो ।

यस्तै महिलातर्फ हेटौँडा १३ की साधना लोप्चन प्रथम, हेटौँडा १३ कै गङ्गा मोक्तान दोश्रो र हेटौँडा ३ की स्वस्तिका थिङ तेश्रो हुनुभएको थियो ।

तरुण दल मकवानपुरका जिल्ला सदस्य राजकुमार बास्तोलाको अध्यक्षतामा भएको दौड प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा हेटौँडा ६ नम्बर वडाका वडाध्यक्ष विष्णुबहादुर दाहाल, ७ नम्बर वडाका वडाध्यक्ष दामोदर गौतम, १६ नम्बर वडाका वडाध्यक्ष रामकृष्ण कोइराला, हेटौडा ६ का वडा सदस्य विजय पौडेल, कांग्रेसका जिल्ला सचिव भीमसेन महत, पार्टी प्रवक्ता अर्जुनप्रसाद चौलागाई, नगर सभापति उत्सव ईटेनीलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा चार महिलासहित ३० जनाको दौडमा सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार