कञ्चनपुर, वैशाख १ गते ।जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतको विसं २०६४ जेठ २० गतेको फैसलाले तीन वर्ष कैद सजाय तोकिएका पुनर्वास नगरपालिका-२ अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना लामो समयदेखि फरार रहेका थिए ।
रानालाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका रानामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया