काठमाडौं। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५४६ सवारीसाधनका चालकहरूलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ।
आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा ती चालकहरू कारबाहीमा परेका हुन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ९१ जना, सिसीटिभीमार्फत पहिचान भएका २३ जना र रातोबत्तीको इसारा उल्लंघन गर्ने १९ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी, तीव्र गतिमा सवारी चलाउने ८३ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ११ जना, लेन अनुशासन पालना नगर्ने २ जना, सवारीको यान्त्रिक अवस्था ठिक नभएका १४ जना, एकतर्फी (वान वे) सडकमा सवारी हाक्ने ३ जना र अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने ३०० जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।
सडक दुर्घटना न्यूनीकरण तथा सवारी आवागमनलाई व्यवस्थित बनाउन उपत्यकामा ट्राफिक चेकिङलाई थप कडा पारिएको प्रहरीको भनाइ छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया