असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकी राष्ट्रपति ट्रम्प र बाइडेनबीच पहिलो बहस हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच पहिलो बहस आज हुँदैछ। बहस मंगलबार राति ९ बजे (नेपाली समयअनुसार बुधबार बिहान ७ः४५ बजे) हुनेछ।

चुनाव प्रचारको अन्तिम दौडम रहेका उनीहरुबीच तीन चरणको बहस हुनेछ। दोस्रो बहस १५ र तेस्रो २२ अक्टोबरमा हुनेछ। अमेरिकी राष्ट्रपति पदको निर्वाचन ३ नोभेम्बरमा हुनेछ। ट्रम्प रिपब्लिकन र बाइडेन डेमोक्र्याट उम्मेद्वार हुन्।

कोरोनाभाइरस महामारीका कारण यो वर्षको बहस केही फरक हुनेछ। यसपटक बहसका सहजकर्ता एक जना मात्र हुने छन्। ‘प्यानालिस्ट’ हुने छैनन्। दर्शक राख्ने या नराख्ने भन्ने ‘डिबेट कमिसन’ले कुनै जानकारी दिएको छैन।

सीएनएनका अनुसार बहसकर्ता र सहजकर्ताले मास्क लगाउने छैनन्। तर, हात मिलाउने ऐतिहासिक परम्परा यसपटक हुने छैन। ट्रम्पकी पत्नी मेलानिया र छोरी इवान्का दर्शकको सिटमा बस्न पाउने छन् । बहस केस वेस्टर्न रिजर्व विश्वविद्यालय ओहायोमा हुनेछ। बहस ९० मिनेटको हुनेछ। बीचमा विश्राम हुने छैन।

बहसको सहजकर्ता फक्स न्यूजका प्रस्तोता क्रिस वालेस हुने छन्। उनले सन् २०१६ को निर्वाचनअघि ट्रम्प र डेमोक्र्याट उम्मेद्वार हिलारी क्लिन्टनबीच पनि बहस गराएका थिए।

पहिलो बहस ६ वटा मुद्दामा केन्द्रित हुने जनाइएको छ। यसपटक दुवै उम्मेद्वारको विगत, सर्वोच्च अदालत, कोरोनाभाइरस, अर्थतन्त्र, नस्लवादी हिंसा र चुनावी निष्ठामाथि बहस हुनेछ। -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार