श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

आर्थिक कूटनीति र सेवा प्रवाह सुधारबारे छलफल

नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ४ वैशाखः परराष्ट्र मन्त्रालयले बिहीबार पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुखहरुसँग ‘भर्चुअल’ माध्यमबाट छलफल गरेको छ ।

त्यस अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले सुदृढ आर्थिक कूटनीतिमार्फत सुशासन र आर्थिक समृद्धि हासिल गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताउनुभयो ।

उहाँले सोहीअनुसार नियोगहरूलाई आफ्ना गतिविधि सञ्चालन गर्न निर्देशन दिँदै नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

परराष्ट्र सचिव अमृतबहादुर राईले प्रभावकारी सेवा प्रवाहमा जोड दिँदै आर्थिक कूटनीति प्रवर्द्धन गर्न र प्रविधिको उपयोगमार्फत कार्यक्षमता बढाउन आग्रह गर्नुभयो ।

साथै सम्बन्धित देशमा कार्यरत राजदूत, महावाणिज्यदूत तथा कार्यवाहक राजदूतहरूले ती देशको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपाली नागरिकको सुरक्षास्थिति, सेवा प्रवाहको अवस्था, समस्या समाधान गर्न अपनाइएका नवीन अभ्यास तथा नियोगका प्राथमिकताबारे जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार