बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

प्रधानमन्त्री कपको फाइनलमा आज आर्मी र सुदूरपश्चिम भिड्दै

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता (पीएम कप) मा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीचको फाइनल खेल आज हुदैछ ।

९ खेलमध्ये ८ वटा खेल खेलेको त्रिभुवन आर्मी १५ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो भने ९ खेलमा ६ जित र ३ हारसहित १२ अंकसहित दोस्रो स्थानमा रहेर सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेको हो ।

पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

जय ट्रफीमा ६ टिमले खेल्ने:

जय ट्रफी मेन्स इलिट कपमा आगामी संस्करणमा ६ टिमले खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी संस्करणबाट जय ट्रफीको दायरा फराकिलो बनाउने निर्णय गरेको छ ।

अर्कोबर्ष त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम, एपीएफ क्लब, मधेश प्रदेश, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश जय ट्रफीका लागि छनौट भएका हुन् ।

यसअघि प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष ४ टिमले जय ट्रफी खेल्ने गर्थे भने अब प्रधानमन्त्री कपको शीर्ष ६ टिमले जय ट्रफीमा सहभागिता जनाउने छन् । नेपाल क्रिकेट संघको आयोजनामा हुने बहुदिवसीय एक मात्र क्रिकेट प्रतियोगिताको दायरा बढाइ प्रदेश क्रिकेट टिमलाई पनि सक्दो समेट्ने प्रयास गरिएको हो ।

जय ट्रफीको लिग चरणको खेल दुई दिवसीय र फाइनल खेल तीन दिवसीय हुँदै आएको छ । नेपाललाई लामो फर्म्याट क्रिकेटमा अभ्यस्त बनाउने जय ट्रफी एक मात्र प्रतियोगिता हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार
स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिइने
२०८३ बैसाख ४, शुक्रबार
ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको निर्णयमा संगठनहरूको ध्यानाकर्षण
२०८३ बैसाख ४, शुक्रबार
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
२०८३ बैसाख ४, शुक्रबार