बैसाख ६, २०८३ आइतबार April 19, 2026

अब घरबाटै एनओसी: वैदेशिक अध्ययन अनुमति पूर्ण रूपमा अनलाइन, त्रिवि–केयूसँग प्रणाली जोडियो

विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिने, शुल्क तिर्ने र स्वीकृतिपछि एनओसी प्रमाणपत्र आफैँ डाउनलोड तथा प्रिन्ट गर्ने सुविधा पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीहरूले अब घरमै बसेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल र फेसलेस बनाउन अनलाइन पोर्टल सञ्चालनमा ल्याउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौँ विश्वविद्यालय (केयू) सँग एपीआईमार्फत प्रणाली अन्तरआवद्ध गरेको हो । यस प्रयोजनका लागि वैशाख ४ गते त्रिविसँग औपचारिक सम्झौता गरिएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ ।

यस नयाँ व्यवस्थासँगै विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिने, शुल्क तिर्ने र स्वीकृतिपछि एनओसी प्रमाणपत्र आफैँ डाउनलोड तथा प्रिन्ट गर्ने सुविधा पाउने भएका छन् । क्यूआर कोडसहितको डिजिटल प्रमाणपत्र भएकाले यसको प्रमाणीकरण समेत सजिलै गर्न सकिनेछ ।

यसअघि आवेदकले नागरिकता र शैक्षिक विवरण प्रमाणीकरणका लागि भौतिक रूपमा कार्यालय पुग्नुपर्ने बाध्यता थियो । तर अहिले गृह मन्त्रालयको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम’ (सीआइएमएस) र राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) सँगको अन्तरआवद्धतामार्फत विवरण स्वतः रुजु हुने व्यवस्था गरिएको छ । साथै महालेखा नियन्त्रण कार्यालयको ‘रेभिन्यू इन्फरमेसन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) सँग जोडिएकाले एनओसी शुल्क पनि पूर्ण रूपमा अनलाइनमार्फत भुक्तानी गर्न सकिन्छ ।

विशेषगरी स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययनका लागि आवेदन दिने विद्यार्थीहरूलाई पहिले विश्वविद्यालयको प्रमाणपत्र प्रमाणीकरणका लागि अनिवार्य रूपमा कार्यालय उपस्थित हुनुपर्ने समस्या थियो । तर अब त्रिवि र केयू सँगको प्रणाली जोडिएपछि विश्वविद्यालयको रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा विवरण स्वतः प्रमाणीकरण हुने भएकाले यस्तो झन्झट पनि हटेको छ ।

एनओसी शाखाका अनुसार यो प्रणाली लागू भएसँगै सेवा प्रवाह छिटो, पारदर्शी र झन्झटरहित बन्ने विश्वास गरिएको छ भने विद्यार्थीहरूलाई समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
२०८३ बैसाख ६, आइतबार
खुकुरी टी-२० क्रिकेटः वैशाख ८ गतेदेखि भैरहवामा हुँदै
२०८३ बैसाख ६, आइतबार
रोबोटले तोड्यो मानव कीर्तिमान
२०८३ बैसाख ६, आइतबार
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
२०८३ बैसाख ६, आइतबार
अब घरबाटै एनओसी: वैदेशिक अध्ययन अनुमति पूर्ण रूपमा अनलाइन, त्रिवि–केयूसँग प्रणाली जोडियो
२०८३ बैसाख ६, आइतबार
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेटवार्ता
२०८३ बैसाख ६, आइतबार
मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग
२०८३ बैसाख ६, आइतबार