काठमाण्डौंः वैदेशिक रोजगार विभाग कार्यालायका कर्मचारीमा कोरोना सैक्रमण देखिए पछि श्रम स्वकृति बन्द गरिएको छ ।
विभगाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको जनाएको छ । सहकर्मीमा कोरोना संक्रमण देखिएपछि विभागमा कार्यरत कर्मचारी पनि कन्ट्र्याक्ट ट्रेसिङमा परेका छन् ।
गत फागुन २९ गतेबाट बन्द रहेको श्रम श्रीकृति असार १८ गतेबाट सरकारले खुला गरेको थियो । श्रम स्वीकृति बन्द भएपछि वैदेशिक रोजगारीमा जाने युवा अन्योलमा परेका थिए । सरकारले भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया