बैसाख ८, २०८३ मंगलबार April 21, 2026

युएईले नेपाललाई दियो १२९ रनको चुनौती

खेलको अन्तिमतिर सम्हालिँदै सम्मानजनक स्कोर तयार गर्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ ८ वैशाख : अन्तरराष्ट्रिय टि–ट्वान्टी पुरुष क्रिकेट श्रृङ्लामा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धातिर २० ओभरमा आठ विकेट गुमाउँदै १२८ रनको योगफल बनाएको हो ।

सुरुआतमा लगातार विकेट गुमाएपछि यूएई दबाबमा परेको थियो तर खेलको अन्तिमतिर सम्हालिँदै सम्मानजनक स्कोर तयार गर्न सफल भयो । युएईका ओपनर कप्तान मुहम्मद वसीम पहिलो बलमै शून्य रनमा आउट हुँदा यूएईको खराब सुरुआत भयो । त्यसपछि अलिशान शरफु एक र हरप्रीत सिंह पनि एक रनमा नै पवेलियन फर्किए । त्यसपछि अदीब उस्मानीले २२ बलमा ३० रन बनाउँदै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि लामो समय टिक्न सकेनन् ।

मध्यक्रममा अक्षदीप नाथले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५३ रनको योगदान गर्दै टोलीको स्कोर उकासे । त्यस्तै मुहम्मद अरफानले ३२ रन बनाए भने अन्तिममा मुहम्मद जुहैब ८ रनमा अविजित रहे । नेपालका बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलमले समान १–१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध काठमाडौंमा विद्यार्थी संगठनहरूले गरे प्रदर्शन
२०८३ बैसाख ८, मंगलबार
टी–२० आई सिरिजमा नेपालले यूएईलाई ८ विकेटले हरायो
२०८३ बैसाख ८, मंगलबार
रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ
२०८३ बैसाख ८, मंगलबार
अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट
२०८३ बैसाख ८, मंगलबार
युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने होः मन्त्री पोखरेल
२०८३ बैसाख ८, मंगलबार
राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
२०८३ बैसाख ८, मंगलबार
न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनलाई पार्टीको पुनः समर्थन
२०८३ बैसाख ८, मंगलबार