काठमाण्डाैंः काठमाण्डौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाण्डौंमा ६ सय ९७ , ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना रहेका छन् ।
यस्तै मंगलबार ९ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना रहेका थिए ।
यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २४ हजार १ सय ५७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया