मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

बाजुरामा नागरिकता बनाउनेको भीड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः जिल्ला प्रशासन कार्यालय बाजुरामा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ । कोरना भाइरसका कारण घरमा आएका र एसइई परीक्षामा उत्तीर्ण भएका १६ वर्ष पुगेका नागरिक नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा भीड लाग्न थालेको हो । अहिले दैनिक ७० देखि ९० जनाले कार्यालयबाट नागरिकता बनाउँदै आएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए ।

नागरिकता बनाउन कानूनी प्रावधान पुगेका १६ वर्षभन्दा माथिका बालबालिका र अन्य सेवाग्राहीले नागरिकता बनाउन आउन थालेपछि भीड लाग्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए ।

नेपाली नागरिकता लिनका लागि १६ वर्ष अनिवार्य पुगेको हुनुपर्ने कानूनी प्रावधान रहेको छ । नागरिकता बनाउन आएका सेवाग्राहीलाई कानूनी प्रक्रिया पूरा गरी नागरिकता दिने गरेको सहायक प्रजिअ भण्डारीले बताए । नागरिकता लिन आउँदा पारिवारिक पहिचानसमेत खुलेको हुनुपर्ने भएकाले सो प्रक्रिया पूरा नभएकालाई प्रक्रिया पूरा गरेर नागरिकता बनाउन आउन सुझाव दिने गरेको उनको भनाइ छ ।

नागरिकता लिन आएका सेवाग्राहीलाई नागरिकतामा हस्ताक्षर मात्र नभई उनीहरुलाई सामाजिक सचेतनासम्बन्धी जानकारी दिने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाइ छ । नागरिकताका बनाउन आएकाहरु राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्न सहज भएको छ । नागरिकता बनाइ सकेका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको सङ्कलन विवरण भर्ने गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

उक्त परिचयपत्रको विवरण सङ्कलन दैनिक रुपमा २० देखि ३० सम्म मात्र हुने गरेको छ । विवरण फारममा पारिवारिक विवरणसमेत खुलाउनुपर्ने हुँदा प्रत्येक दिन २० भन्दा माथि सङ्कलन गर्न सकिने गरेको परिचयपत्र विवरण सङ्कलक जयबहादुर ऐडीले बताए ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले आमाबुबाको नागरिकता र स्वयंव्यक्तिको विद्यालयको प्रमाण नहेरी नागरिकता बनाउन सिफारिस गर्ने भएकाले कतिपयको जन्ममिति आमाबुबाको नामसमेत फरक हुने गरेकाले उनीहरु दुःख पाउने गरेका छन्। । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार