बैसाख ९, २०८३ बुधबार April 22, 2026

‘शून्य बाँकी फाइल सप्ताह’पछि पनि अड्किएका फाइलबारे गुनासो गर्न आह्वान

ड्किएका फाइलबारे सेवाग्राहीलाई जानकारी दिन प्रधानमन्त्री कार्यालयको अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ९ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘शून्य बाँकी फाइल सप्ताह’का अवधिमा फर्स्योट हुन नसकेका फाइलका सम्बन्धमा गुनासो गर्न सम्बन्धित सबैसँग आह्वान गरेको छ ।

कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै गत चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालित उक्त विशेष अभियानका क्रममा तीनवटै तहका सरकारी निकायबाट फर्स्योट हुन बाँकी रहेका फाइलका विषयमा जानकारी वा गुनासो भए उपलब्ध गराउन आग्रह गरेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार सेवाग्राहीले आफ्ना गुनासाहरू कार्यालयको ‘हेलो सरकार’ शाखामा दर्ता गराउन सक्नेछन् । यसका लागि टोल फ्री नम्बर ११११, अनलाइन पोर्टल वा अन्य उपलब्ध माध्यम प्रयोग गर्न सकिने शाखा अधिकृत नेत्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रशासनिक कार्यमा ढिलासुस्ती अन्त्य गरी सुशासन कायम गर्ने उद्देश्यले सरकारले यो अभियान सञ्चालन गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया