मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

शारदा नपाका वडाअध्यक्ष रावतलाई विप्लव कार्यकर्ताले यातना दिएपछि दाङ झरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः चारदिन सम्म बेपत्ता भएका वडाध्यक्ष भेटिए पछि भन्छन विप्लव कार्यकर्ताले यातना दिए पछि दाङ झरेँ । उनि हराएको चारदिनपछि दाङको तुलसीपुरमा फेला परेका सल्यानको शारदा नगरपालिका वडा नं.- १३का वडाध्यक्षले विप्लवका कार्यकर्ताको यातनामा परेको बताएका छन्। ।

बुधवार तुलसीपुरको एक मः म पसलमा फेला परेका वडाध्यक्ष तुलसीराम रावतले प्रहरी समक्ष विप्लवका कार्यकर्ताले चन्दा मागेर यातना दिएको प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए । विप्लव कार्यकर्ताले चन्दा मागेर यातना दिएपछि चन्दाको व्यवस्था गर्न दाङ झरेको भन्ने बयान गरेका छन् ।

अरू जम्मैले चन्दा दिइसकेका र आफूले मात्रै नदिएको हुँदा विप्लवका कार्यकर्ताले आफुलाई सारै टर्चर दिएको उनको भनाइ रहेको छ । वडाध्यक्ष रावतले प्रहरीसमक्ष बुधवार मात्रै आफूले घोराहीस्थित एउटा पसल सञ्चालकलाई २५ हजार रूपैयाँ आइएमई गरेर पठाई दिएको र कोही माग्न आए दिनु भन्ने आग्रह गरेको बयान दिएका छन् ।

चारदिन पछि फेला परेका वडाध्यक्ष रावतलाई जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापा आफै दाङको तुलसीपुर आइ लिएर गएको डिएसपी सिंहले जानकारी दिए । रावत गत शनिबार सल्यानको सितलपार्टीबाट नाइट बस चढेर दाङको तुलसीपुरस्थित बीपी चोकमा झरेका थिए ।

दुई दिनदेखि घर नफर्किएपछि परिवारले उनी अपहरणमा परेको आशंका गरेका थिए । परिवारले उनको खोजी गरिदिन प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यान, कर्णाली प्रदेश प्रहरी कार्यालय, ५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङले खोजीलाई तीव्रता दिएका थिए ।

उनको खोजी गर्न सल्यानबाट प्रहरीको एक टोली दाङ आएको थियो । घर नगएपछि रावतले छोरालाई फोन गरेर म जिल्लामै बस्छु भनेका थिए । अर्को दिन फेरि फोन गरेर मेरो खातामा २० हजार रुपैयाँ पठाइ देऊ भनेपछि उनी अपहरणमा परेको आशंका गरिएको थियो ।

मंगलबार दिनभरि भने उनको मोबाइल स्वीचअफ गरिएको थियो । प्रहरीले उनलाई आर्थिक कारोबार वा राजनीतिक कारणले विप्लव समूहले अपहरण गरेको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार