बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

चन्द्रगढी महिला गोल्डकपमा पुलिसलाई २–१ गोलले हराउँदै आर्मीको उपाधि यात्रा तय

पुलिसलाई हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि अर्को विभागीय टोलीसँग भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बिर्तामोड, वैशाख १३ गते । झापाको चन्द्रगढीमा जारी प्रथम चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पाखा लगाउँदै आर्मीले उपाधि यात्रा तय गरेको हो । फाइनल प्रवेशसँगै आर्मीले कम्तीमा पाँच लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । आर्मीले अब चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलको ३२ औँ मिनेटमा पुलिसकी डिफेन्डर समीक्षा घिमिरेको गल्तीको फाइदा उठाउँदै आर्मीकी चन्द्रा भण्डारीले गोल गरी टोलीलाई सुरुवाती अग्रता दिलाउनुभयो । खेलको ५६ औँ मिनेटमा जेनिफर रानामगरले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाउनुभयो । हिमा चौधरीले गरेको कडा प्रहार पुलिसकी गोलकिपर सपना राईको हातबाट फुत्किएपछि रानाले त्यसलाई जाली चुमाउनुभएको थियो ।

खेलको ७० औँ मिनेटमा पुलिसकी रेखा पौडेलले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर पुनरागमनको प्रयास गरे पनि त्यो पर्याप्त भएन । पूजा रानाले डिबक्सभित्र हेडमार्फत मिलाइदिएको पासलाई रेखाले हेडमार्फत नै गोल गर्नुभएको थियो । आर्मीकी डिफेन्डर विमला विक, सुनिता चौधरी र अनिता लम्जेल सम्मिलित रक्षापङ्क्तिलाई छिचोल्न नसक्दा पुलिसको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ ।

आर्मीकी डिफेन्डर विमला विक खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भई नगद ११ हजार रुपैयाँ प्राप्त गर्नुभयो । शनिबारको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र एपीएफ फुटबल क्लबबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल वैशाख १४ गते हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चन्द्रगढी महिला गोल्डकपमा पुलिसलाई २–१ गोलले हराउँदै आर्मीको उपाधि यात्रा तय
२०८३ बैसाख १२, शनिबार
चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ निर्माण सुरु, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शिलान्यास हुँदै
२०८३ बैसाख ११, शुक्रबार
राष्ट्रपति पौडेलद्वारा सीता जयन्तीको शुभकामना
२०८३ बैसाख ११, शुक्रबार
भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह
२०८३ बैसाख ११, शुक्रबार
पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ
२०८३ बैसाख ११, शुक्रबार
आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफी : नेपाल भानुआटुसँग पराजित
२०८३ बैसाख ११, शुक्रबार
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
२०८३ बैसाख ११, शुक्रबार