श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

हङकङका लागि नेपाली महावाणिज्यदूत डा.विन्देश्वरप्रसाद लेखकलाई २० दिनभित्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सरकारले हालै बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को वैशाख २, ८ र १० गते बसेको बैठकका निर्णयहरु सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु

– वि.सं. २०६२/६३ देखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका मुख्य राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन र छानबिन गर्न आयोग गठन गरिएको छ।

– बेपत्ता पारिएका व्यक्तिको छानबिन र मेलमिलाप कोषका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने १ मिलियन स्वीस फ्रयांक (करिब १० करोडभन्दा बढी) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ। -आन्तरिक राजस्व विभाग र मातहतका विभिन्न कार्यालयका प्रमुख तथा कर अधिकृतहरूलाई तोकिएको क्षेत्र हेर्ने गरी अन्तःशुल्क अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ।

– नेपाल र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता (२०८२ फागुन ५ मा भएको) अनुमोदनका लागि प्रतिनिधि सभामा पेश गर्ने निर्णय भएको छ।

– राष्ट्रिय राजमार्ग र स्थानीय सडक अन्तर्गतका निर्माणाधीन १६२ वटा पुलहरूको अनिवार्य दायित्व भुक्तानीका लागि आवश्यक बजेट रकमान्तर र थप बजेट व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

– इजरायलको गाजा क्षेत्रमा भएको आक्रमणमा परि मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ।

-‘आरोग्य पर्यटन रणनीति २०२६-२०३५’ र ‘कार्ययोजना २०२६-२०३०’ स्वीकृत गरिएको छ।

– नेपाल र कोरिया सरकारबीच जलवायु परिवर्तनसम्बन्धी ‘फ्रेमवर्क एग्रिमेन्ट’ स्वीकृत गरिएको छ। साथै, हङकङका लागि नेपाली महावाणिज्यदूत डा.विन्देश्वरप्रसाद लेखकलाई २० दिनभित्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता बोलाइएको छ।

-माथिल्लो मिदिम, बकान खोला र माथिल्लो खुदी जलविद्युत आयोजनाका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा २५ वर्षका लागि प्रयोग गर्न र रुखहरू हटाउन स्वीकृति दिइएको छ।

-नेपाली सेनाका सहायक रथीहरूलाई उपरथी दर्जामा बढुवा गरिएको छ।

-नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न डा. गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरिएको छ।

-सचिव राम आधार शाहलाई अनिवार्य अवकाशको जानकारी गराउँदै बिदाइ गरिएको छ।

-संघीय संसदको अधिवेशन आह्वान सम्बन्धी सिफारिसलाई विशेष कारणवश स्थगित गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार