कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

राजमार्गमा सवारी कर नउठाउन उच्च अदालतको आदेश

राजमार्गम चल्ने सवारी साधनबाट कर उठाउन बाहेक वीरगञ्ज महानगर मातहत पर्ने सडकमा भने उठाउन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज (पर्सा)। उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले पर्साको राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र हुलाकी राजमार्गमा चाल्ने सवारीसाधनबाट कर नउठाउन आदेश जारी गरेको छ ।

उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जका न्यायाधीसद्वय अर्जुन अधिकारी र दुर्गाप्रसाद ढुङ्गेलको शुक्रबारको इजलाशले सर्वाेच्च अदालतको उत्प्रेषणको रिट निवेदनमा विसं २०८२ फागुन २८ मा विपक्षी वीरगञ्ज महानगरपालिकासमेतका नाममा अन्तरिम आदेश जारी भइसकेको सन्दर्भमा राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गम चल्ने सवारी साधनबाट कर उठाउन बाहेक वीरगञ्ज महानगर मातहत पर्ने सडकमा भने उठाउन सक्ने आदेश जारी गरेको छ ।

‘‘विसं २०८२ साउन ३० गतेको सम्झौताको शर्त बन्देजको अधनीमा रही कर सङ्कलन गर्न निवेदकलाई कुनै प्रकारको अवरोध नगर्नु/नगराउनू भनी यसै अदालतबाट २०८३ वैशाख ४ मा जारी भएको अन्तरिम आदेशलाई सो हदसम्म संशोधन गरी निरन्तता प्रदान गरी दिएको उल्लेख गरिएको छ ।’’ अदालतको आदेशमा भनिएको छ । प्रभु कन्स्ट्र्क्सनले वीरगञ्ज महानगरको राजमार्ग तथा सहायक राजमार्गमा ठेक्का सम्झौता गरेर सवारी व्यवस्थापन कर उठाउँदै आइरहेको थियो ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद बुद्धिप्रसाद पन्त (हरि)ले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको निषेधाज्ञा आदेशले राजमार्ग,सहायक राजमार्ग र हुलाकी राजमार्गमा स्थानीय तहले बोलपत्र आब्हान गरेर सवारी कर तथा कवाडी कर सङ्कलन गर्न नपाउने आदेश जारी गरेकोमा खुसी व्यक्त गर्नुभयो । “मालवाहक सवारीसाधनसँग अवैध ढङ्गले ढाँट राखेर कर उठाइदैँ आइरहेको थियो,” उहाँले भन्नुभयो, “अदालतको आदेशसँगै सो रोकिने आशा गरेका छौँ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार