बैसाख १२, २०८३ शनिबार April 25, 2026

लिग–२ त्रिकोणात्मक श्रृङ्खला आजदेखि, नेपाल यूएईसँग भिड्दै

लिग–२ को निर्णायक चरण सुरु, नेपाललाई पाँच जितको चुनौती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज आज शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

घरेलु टोली नेपालले आफ्नो पहिलो खेल यूएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र यूएईबीच यसअघि भएको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

एकदिवसीय क्रिकेटमा पनि नेपाल र यूएई चिरपरिचित प्रतिद्वन्द्वी हुन् । अहिलेसम्म १७ खेलमा नेपालले ९ र यूएईले ८ खेल जितेका छन् । पछिल्ला वर्षमा दुवै टोलीबीच प्रतिस्पर्धा कडा हुँदै आएको छ ।

लिग–२ को तालिकामा नेपाल २० खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ । शीर्ष छ स्थानमा पुग्न नेपालले बाँकी खेलमा राम्रो नतिजा निकाल्नुपर्नेछ ।

नेपालले यो सिरिजमा यूएई र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि अर्को चरणमा अमेरिका र स्कटल्याण्डसँग खेल्ने तालिका छ । सबै खेल त्रिवि मैदानमा बिहान ९ः३० बजे हुनेछन् ।

नेपालले पछिल्ला सिरिजमा अस्थिर प्रदर्शन गरे पनि घरेलु मैदानमा सुधार गर्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया