काठमाडौँ, १२ वैशाखः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका–१का २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार पक्राउ गरिएको हो ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार तनहुँको देवघाट गाउँपालिका–५ सेतीभतेरी टोल बस्ने ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित पक्राउ गरिएको छ । निजको घर खानतलासी गर्दा जरायोका सिङ गैंडाको छालासमेत बरामद भएको छ ।
यसैगरी, झापाको हल्दीबारी गाउँपालिका–३ बाङ्गे बजारबाट खैरो हेरोइनतसहित तीन जनालाई पक्राउ गरिएको छ । उनीहरू शुक्रबार पक्राउ परेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया