मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

भोजपुर गोल्डकपको उपाधि आयोजकलाई

फाइनल खेलको प्लेयर अफ दी म्याच भोजपुरका गोलकर्ता सन्तोष बने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टक्सार (भोजपुर), १२ वैशाखः नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक भोजपुर फुटबल सङ्घले जितेको हो । सङ्घले उपाधिसहित रु पाँच लाख हात पारेको छ ।

भोजपुरले ललितपुरको सातदोबाटो युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । भोजपुरका लागि दोर्जी तामाङले खेलको तीन मिनेटमै पहिलो गोल गरे । यस्तै ४०औँ मिनेटमा उसका लागि सन्तोष तामाङले दोस्रो गोल थपे । वर्षात्मै खेलाइएको दोस्रो हाफको एक मिनेटमा सातदोबाटो युथ क्लबका राजेश दाहालले एक गोल गर्न सफल भए । उपविजेता सातदोबाटोले रु तीन लाखमा चित्त बुझायो । फाइनल खेलको प्लेयर अफ दी म्याच भोजपुरका गोलकर्ता सन्तोष बने । उनले रु पाँच हजार र मेडल पाए ।

गत वर्षको विजेता सशस्त्र प्रहरीको विभागीय टोली एपिएफलाई २–० गोलले हराउँदै आयोजक भोजपुर फुटबल सङ्घ फाइनलमा प्रवेश गरेको थियो भने काठमाडौँको प्लानिङ ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै सातदोबाटोले फाइनलको यात्रा तय गरेको थियो ।

आठ टोली सहभागी भोजपुर नगरपालिका–७ कोदारमा रहेको रङ्गशालामा भएको प्रतियोगितामा उत्कृष्ट गोलरक्षक भोजपुरका समिर क्षेत्री, उत्कृष्ट प्रशिक्षक भोजपुरका बिनम श्रेष्ठ तथा सर्वोत्कृष्ट खेलाडी भोजपुरकै विवेक राई भए । उनीहरूले जनही रु सात हजार पाँच सय रुपैयाँ र मेडल प्राप्त गरे । विजेता तथा उपविजेतासहितलाई भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेले पुरस्कार प्रदान गरे । भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको रु ३० लाख सहयोगमा यही वैशाख ६ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार