असार २२, २०८२ आइतबार July 6, 2025

दल दर्ता गर्न संघीय संरचना अनिवार्य – पुराना दललाई पनि स्मरणपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो ।

नयाँ दल दर्ताका लागि अब आयोगमा निवेदन दिँदा स्थानीय तह, जिल्ला, प्रदेश तह र केन्द्रीय तहमा पार्टीको संरचनासहित कार्यसमिति अनिवार्य भएको हुनुपर्नेछ । यसरी संरचनागत विवरण बुझाउँदा पूरा कार्यसमिति समेत स्पष्ट खुलाएर बुझाउनुपर्नेछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संविधान र कानुनमा भएको व्यवस्थाअनुसार नै आयोगले र दलले गर्नुपर्ने कानुनी व्यवस्थाबारे स्पष्ट परिएको बताए । ‘संविधान र कानुनमा यो व्यवस्था छ, यसरी गर्नुपर्छ भनेर आयोगले सम्झाएको हो, अब संविधानअनुसार स्थानीय, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएर आएपछि मात्रै नयाँ दल दर्ताको प्रक्रिया अघि बढ्छ,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

प्रवक्ता श्रेष्ठका अनुसार मुलुक संघीय संरचनामा गइसक्दा समेत प्रदेश र जिल्लामा रहेका निर्वाचन कार्यालयमा केन्द्रमा दर्ता भएका दलका बारेमा रेकर्ड नरहने अवस्था आएकाले यस्तो व्यवस्था लागू गराउनेतर्फ आयोग अघि बढेको समेत जानकारी दिए । यसरी आउँदा जिल्ला कार्यसमितिको संरचनासमेत बुझाउनुपर्नेछ ।

‘कुनै दलका जिल्लामा कार्यालय होलान्, तर कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने रेकर्ड नहुने अवस्था थियो, अब सबै तथ्यांक रहने गरी आयोगले काम गरिरहेको छ । यसको जानकारी जिल्ला र प्रदेशका निर्वाचन कार्यालयलाई पनि हुन्छ,’ उनले भने । यसैगरी आयोगले हाल आयोगमा दर्ता रहेका दलहरूलाई समेत संविधानले व्यवस्था गरेअनुसारका सबै संरचनासहितको विवरण बुझाउन भनेको छ ।

आयोगले दलहरूले संविधानअनुसारका संरचना बनाएको विवरण प्राप्त नभएको भन्दै सबै दललाई विवरण बुझाउन भन्दै २५ साउनमा नै स्मरणपत्र पठाएको हो । तर सो विवरण कहिलेसम्म पठाइसक्ने भन्नेबारे आयोगले पत्रमा खुलाएको छैन ।

यसरी विवरण बुझाउँदा भने प्रदेश समितिका पदाधिकारीको विवरण प्रदेश राजधानी रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालय र जिल्ला र स्थानीय तहको समितिका पदाधिकारीको विवरण जिल्ला निर्वाचन कार्यालयमा पठाउन भनिएको छ ।

आयोगले नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले राजनीतिक दलले गर्नुपर्ने भूमिका निर्धारण गरेको भन्दै दलहरूलाई सम्झाएको हो । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार