श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो

चालु आवको नौ महिनामा रु एक अर्ब ४६ करोड मूल्य पर्ने ४९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा), १६ वैशाख : वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु २६ अर्ब १३ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको छ ।

गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा छ अर्ब ९४ करोड अर्थात् ३६.१९ प्रतिशत बढीको आयात भएको हो । जबकि गत आवको नौ महिनामा भने रु १९ अर्ब १९ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा सवारीसाधन र सोमा प्रयोग हुने पार्टपुर्जाको आयातमा बढोत्तरी भएको बताउनुभयो । चालु आवको नौ महिनामा सवारीसाधनमा प्रयोग हुने पार्टपुर्जाको आयातबाट मात्रै रु १८ अर्ब २२ करोड राजस्व सङ्कलन भएको छ । जबकि गत आवको सोही अवधिमा भने सवारीसाधन आयातबाट मात्रै रु १४ अर्ब ८४ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको नौ महिनामा रु एक अर्ब १७ करोड मूल्य पर्ने ५९१ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब ६६ करोड मूल्य पर्ने ८०५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । चालु आवको नौ महिनामा रु छ अर्ब ४२ करोड मूल्य पर्ने ४५ हजार ६२० वटा मोटरसाइकल (अन एसेम्वल्ड) आयात भएको छ । जबकि गत आवको नौ महिनामा भने रु चार अर्ब ६७ करोड मूल्य पर्ने ३५ हजार ७९९ वटा मोटरसाइकल (अन एसेम्वल्ड) आयात भएको छ ।

त्यस्तै चालु आवको नौ महिनामा रु दुई अर्ब चार करोड मूल्य पर्ने २१ हजार ६३९ वटा ट्याक्टर तथा टिलर आयात भएको छ । जबकि गत आवको नौ महिनामा भने रु एक अर्ब ३५ करोड मूल्य पर्ने १३ हजार ८६१ वटा ट्याक्टर तथा टिलर आयात भएको छ ।

चालु आवको नौ महिनामा रु दुई अर्ब ९८ करोड मूल्यका विद्युतीय सवारीसाधन भित्रिएको छ । गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात १०२ प्रतिशत अर्थात् रु एक अर्ब ५० करोड बढी आयात भएको हो । जबकि गत आवको नौ महिनामा भने रु एक अर्ब ४८ करोड मूल्यका विद्युतीय सवारीसाधनको आयात भएको छ ।

चालु आवको नौ महिनामा रु एक अर्ब ४६ करोड मूल्य पर्ने ४९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु ४८ करोड मूल्य पर्ने १७२ वटा विद्युतीय चल्ने जीप, कार र भ्यान आयात भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
सप्तरीमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार