मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

ओमानसँग नेपाल १ सय २ रनले पराजित

सिरिजको तेस्रो खेलमा नेपालले पर्सि शुक्रबार युएईसँग पुनः खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ : आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा घरेलु टोली नेपाल ओमानसँग डीएल मेथडमा पराजित भएको हो। बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएल मेथडमा १ सय २ रनले पराजित भएको हो। जारी सिरिजमा नेपालले पहिलो हार व्यहोरेको हो। ओमानले भने पहिलो जित दर्ता गरेको हो। नेपालले पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो। ओमान भने पहिलो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो।

ओमानले दिएको ३ सय ६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। वर्षाले खेल पुनः सुरु हुन नसकेपछि नेपालले जारी सिरिजमा पहिलो हार व्यहोरेको हो।

गुल्सन झा १४ र सोमपाल कामी २ रनमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरि ६० रन बनाउँदै पेभेलियन फर्के। भिम सार्की २८ रनमा आउट भए। रोहित पौडेलले १०, आरिफ शेखले १४ रन थपे।

ओपनर कुशल भुर्तेल १ रन बनाउँदा एलबीडब्लु धरापमा परे। आशिफ शेख १९ रनमा क्याच आउट हुन पुगे। रोहित कुमार पौडेल १० रन बनाउँदा नदीम खानको बलमा बोल्डआउट भए। १ रन बनाएका बसिर अहमद पनि नदिम कै बलमा आउट हुन पुगे।

ओमानका लागि नदिम खानले ३ विकेट लिए। सकिल अहमदले २ विकेट लिए। मुहम्मद इमरान र वसिम अलीले समान १ विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रनको योगफल तयार पारेको थियो।

ओमानका ओपनर जतिन्दर सिंहले सर्वाधिक १ सय ३० रनको योगदान दिए। उनले ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गरे। जतिन्दरले ७३ बलमा १३ चौका र ४ छक्का सहयोगमा शतक पूरा गरे। ४८ बलमा १ चौका र १ छक्का सहयोगमा ४८ रन बनाएका अशिष ओडेरा सन्दीप लामिछानेको बलमा आउट भए। सन्दीपले १५ औँ ओभरको दोस्रो बलमा अशिषलाई पेभेलियनको बाटो देखाए।

आर्यन राजु विसले ३५ र हमद मिर्जाले ३० रन थपे। नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए। सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए। सिरिजको तेस्रो खेलमा नेपालले पर्सि शुक्रबार युएईसँग पुनः खेल्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार