बैसाख १७, २०८३ बिहिबार April 30, 2026

पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि

एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार १६० रुपियाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १७ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची कायम गरेको हो ।

निगमका अनुसार पेट्रोलमा २ रुपियाँ घटेको छ । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपियाँले मूल्य घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य १५० रुपियाँले बृद्धि भएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार १६० रुपियाँ पुगेको छ ।

हवाइ इन्धनको मूल्य बढाइएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपियाँले बढाइएको छ । मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपियाँ कायम भएको छ । यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपियाँ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया