श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना

गौतमबुद्धको शिक्षाले व्यक्तिगत आत्मजागरणमात्र नभई, सामाजिक सद्भाव र विश्व भ्रातृत्वलाई पनि बलियो बनाएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौतमबुद्ध जयन्ती, ‘उभौली’ पर्व र विश्व श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज शुभकामना सन्देश जारी गरी भगवान् गौतमबुद्धको जयन्ती, किरात समुदायको महान पर्व ‘उभौली’ तथा १३७औँ विश्व श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको हो ।

गौतमबुद्ध जयन्तीले सत्य, करुणा, अहिंसा र मैत्रीको मार्गमा मानवतालाई अघि बढाउने प्रेरणा दिनुका साथै लुम्बिनीमा जन्मनुभएका सिद्धार्थ गौतमले विश्वलाई दिनुभएको मध्यम मार्ग र अष्टाङ्गिक मार्ग आज पनि शान्ति, सहिष्णुता र नैतिक जीवनको आधारस्तम्भ भएको उहाँको उहाँको भनाइ छ । गौतमबुद्धको शिक्षाले व्यक्तिगत आत्मजागरणमात्र नभई, सामाजिक सद्भाव र विश्व भ्रातृत्वलाई पनि बलियो बनाएको उपराष्ट्रपति यादवको भनाइ छ । उहाँले भन्नुभएको छ, “यस अवसरमा बुद्धका उपदेश आत्मसात् गर्दै समाजमा शान्ति, न्याय र समानताको वातावरण निर्माण गर्न सबैलाई उत्प्रेरित गर्न सकियोस् भन्ने कामना गर्दछु ।”

उभौली पर्व, किरात समुदायको मौलिक सांस्कृतिक परम्परा हो, जसले प्रकृतिप्रतिको श्रद्धा, कृषि चक्रको निरन्तरता र सामूहिक एकताको सन्देश दिन्छ । यस पर्वले वातावरण संरक्षण, सामुदायिक सद्भाव र सांस्कृतिक विविधताको महत्वलाई उजागर गर्दै नेपाललाई सांस्कृतिक समृद्धि र सामाजिक एकताको मार्गमा अघि बढाउने प्रेरणा दिने उपराष्ट्रपतिको विश्वास छ ।

विश्व श्रमिक दिवस (१ मे), २०२६ ले श्रमजीवी वर्गको योगदानलाई सम्मान गर्दै श्रमिकको अधिकार, सामाजिक सुरक्षा र न्यायोचित पारिश्रमिक सुनिश्चित गर्ने सङ्कल्पलाई थप बलियो बनाउने उहाँले बताउनुभएको छ । राष्ट्रको विकास, निर्माण र समृद्धिमा श्रमिकहरूको श्रम, समर्पण र सङ्घर्ष अमूल्य रहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेका श्रमिक अधिकारलाई व्यवहारमा उतार्दै सुरक्षित, सम्मानजनक र समावेशी कार्य वातावरण निर्माण गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, “यस दिवसले श्रमिकमैत्री नीति, सामाजिक सुरक्षा र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबैलाई सक्रिय बनाउन सहयोग पुगोस् ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार