बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

विश्वकप लिग २ अन्तर्गत नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

घरेलु समर्थकको साथ र नयाँ संयोजनसँगै टोलीले बलियो प्रदर्शन गर्ने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

नेपालका कप्तान रोहित पौडेल ले टस जित्दै ब्याटिङ रोजेका हुन्। घरेलु मैदानमा सुरुआती दबाब लिनु भन्दा स्कोर बोर्डमा रन राखेर खेल नियन्त्रणमा राख्ने रणनीतिअनुसार नेपालले पहिले ब्याटिङ रोजेको मानिएको छ।

यस खेलमा टोली संयोजनमा केही परिवर्तन गरिएको छ। नियमित ओपनर कुशल भुर्तेलआसिफ शेख लाई विश्राम दिइएको छ भने उनीहरूको स्थानमा अर्जुन कुमालविनोद भण्डारी लाई मौका दिइएको छ। नयाँ ओपनिङ जोडीले सुरुवात कस्तो गर्छ भन्नेमा सबैको ध्यान केन्द्रित छ।

नेपालका लागि यो खेल अंक तालिकामा सुधार ल्याउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। घरेलु समर्थकको साथ र नयाँ संयोजनसँगै टोलीले बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
२०८३ बैसाख १८, शुक्रबार
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन गर्दै मन्त्रालय
२०८३ बैसाख १८, शुक्रबार
विश्वकप लिग–२मा नेपालले दियो युएईलाई २९० रनको लक्ष्य
२०८३ बैसाख १८, शुक्रबार