असार २४, २०८२ मंगलबार July 8, 2025

पोप फ्रान्सिसद्वारा अमेरिकी विदेशमन्त्री पोम्पियोलाई भेट्न अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः क्याथोलिक इसाईका सबैभन्दा ठुलो धर्मगुरु पोप फ्रान्सिसले अमेरिकी विदेश मन्त्री माइक पोम्पियोसँग भेट्न अस्वीकार गरेको छ । भेटिकन सिटीमा बस्ने पोपका तर्फबाट जारी विज्ञप्तीमा भनेको छ , चुनावको बेला पोप कुनै नेतासँग भेटघाट गर्दैन ।

यद्यपी केही सन्चार माध्यमले पोपसँग भेट्नु अघि पोम्पियोले चीनमा मानवअधिकार उलंघनलाई लिएर एक बयान दिएको उल्लेख गरेको छ । पोम्पियोले भेटिकनको प्रयोग सत्ताको फाइदाका लागि गरोस् भन्ने भेटिकनले चाहेको छैन ।

पोम्पियो ४ देशको यात्राका क्रममा भेटिकन सिटी पुगेका थिए । यहाँ पुग्नु अघि उनले चीनमा मानवअधिकारको उलंघन भइरहेको टिप्पणी गरेका थिए । चीनमा अरुसँगै इसाईहरुलाई पनि दुख दिइरहेको उनले बताएका थिए ।

भेटिकनका अधिकारी यस बयानलाई लिएर असन्तुष्ट रहेको बीबीसीले जनाएको छ । त्यसैले जब पोम्पियोले पोप फ्रान्सिससँग भेट्न चाहे, भेटिकनले त्यसलाई अस्विकार गरे ।

गत सेप्टेम्बरको सुरुवाटमा पोम्पियोले एक अखबारमा आर्टिकल लेखेका थिए । लेखमा उनले भेटिकन सिटीको नाम उल्लेख बिना ब्यंग गरेका थिए । पोम्पियोले लेखमा भनेका थिए, क्याथोलिक चर्च आफनो नौतिक विश्वसनियता र क्षमतालाई खतरामा पुर्याउँदै छ ।

वास्तवमा भेटिकनले चीनसँग बिसपको नियुक्तीलाई लिएर एक सम्झौता गरेको छ । यस सम्झौतालाई लिएर भेटिकन पनि चीनको दबावमा उसको सर्त मानिरहेको छ भन्ने अमेरिकालाई लागेको छ । पोम्पियोले भनेका थिए, विश्वमा धार्मिक स्वतन्त्रतालाई लिएर जति खतरा चीनमा छ, त्यति कहीं छैन ।

समाचार एजेन्सीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परम्परागत इसाई समुदायको समर्थन प्राप्त छ । यो बाहेक अन्य धार्मिक संगठन पनि उनकै साथमा उभेका छन् । ती मध्य धेरैजसाले पोप फ्रान्सिस आवश्यक भन्दा धेरै उदारवादी छ ।

मानवाधिकार संगठन पनि चीनमा इसाई समुदायका बारेमा भेटिकनले कुरा नउठाएको आरोप लगाउँदै आइरहेको छ । सन् २०१८ मा चीन र भेटिकनबीच बिसप्सलाई लिएर एक सम्झौता भएको थियो । उक्त सहमति अनुसार चीनमा चिनियाँ मुलका विसप मात्र नियुक्ती गर्न सकिनेछ । अर्को महिन यस सम्झौताको समिक्षा हुने बताइएको छ । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार