असार ३०, २०८३ मंगलबार July 14, 2026

आइपिएलमा मुम्बईमाथि चेन्नई ८ विकेटले विजयी

जारी आइपिएल अन्तर्गत आज दुई खेल हुदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई ८ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १६० रनको लक्ष्य पछाएको चेन्नईले १८.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले अविजित ६७ रन बनाएका थिए भने कार्तिक शर्माले अविजित ५४ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । मुम्बईका लागि नमन धिरले ५७ रन बनाएका थिए भने रयान रिकेलटनले ३७ रन बनाएका थिए ।

यो जितपछि चेन्नईको ९ खेलमा ८ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै मुम्बईले भने सातौं हार बेहोरेको छ । मुम्बईको ९ खेलमा ४ अंक रहेको छ ।

जारी आइपिएल अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल सनराइजर्स हैदरावाद र कोलकोताबीच हुदैछ भने दोस्रो खेल गुजरात र पञ्जावबीच हुदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार