काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ को सिरिज अन्तर्गत आज ओमान र यूएईबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजेदेखि सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यसहित मैदान उत्रँदैछन्।
जारी सिरिजमा ओमानले दुई खेल खेल्दा एक जित र एक हार बेहोरेको छ। यता यूएईले नेपालसँगका दुवै खेल गुमाए पनि ओमानलाई भने पराजित गरिसकेको छ, जसले आजको खेललाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
अंक तालिकामा ओमान २६ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा रहेको छ भने यूएई २३ खेलबाट १२ अंकसहित पुछारमा छ। त्यसैले दुवै टोलीका लागि यो खेल महत्वपूर्ण मानिएको छ।
इतिहास हेर्दा एकदिवसीय क्रिकेटमा ओमान र यूएईबीच हालसम्म १० पटक प्रतिस्पर्धा भएको छ, जसमा ओमानले ६ खेल जितेको छ भने यूएईले ३ खेल आफ्नो पक्षमा पारेको छ। एक खेल बराबरीमा सकिएको छ, जसले ओमानको मनोबल केही बलियो देखिन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया