असार २२, २०८२ आइतबार July 6, 2025

दैनिक ६ देखि ७ जना बलात्कृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको देखाएको हो । यो तथ्यांक प्रहरीमा उजुरी आएपछिको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ मा २ हजार ५ सय ७० वटा बलात्कार तथा जबर्जस्ती करणीका घटना भएका छन् भने गत आर्थिक वर्ष २०७६-७७ मा देशभर २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भएको छ ।

यी दुवै आर्थिक वर्षको तथ्यांकले नेपालमा सरदरमा दैनिक ६ देखि ७ जनामाथि बलात्कार तथा जबर्जस्ती करणीका घटना भइरहेकोे देखाएको हो । तर, गृहमन्त्री रामबहादुर थापाले भने बलात्कारका घटना बढे पनि विश्वको स्थित हेर्दा नेपालको तथ्यांक चिन्ताजनक नभएको अभिव्यक्ति दिएका छन् ।

गृहमन्त्री थापाले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा धारणा राख्दै धनी देशका तुलनामा नेपालको अवस्था आत्तिनुपर्ने किसिमको नरहेको तर रोकथाम तथा न्यूनीकरण भने आवश्यक रहेको अभिव्यक्ति दिएका थिए । उनले विश्वका सवा २ सय देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको भनेका थिए ।

‘सवा २ सय कन्ट्रीको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने अवस्था होइन, सरकारका तर्फबाट न्यूनीकरणका प्रयासहरू भएका छन् र पछाडिबाट हेर्दा हामी टप १५ मा छौं,’ समिति बैठकमा गृहमन्त्री थापाले भनेका हुन् ।

थापाले अमेरिकालगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको समेत भनेका छन् । ‘अमेरिका टप १० भित्र पर्छ, त्यहाँ बलात्कारका घटना प्रतिमिनेट ७ वटा हुने कुरा आएको छ,’ उनले भने ।

समितिको बैठकमै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले समेत तथ्यांकले दैनिक ६ देखि ७ जनामाथि बलात्कार तथा जबर्जस्ती करणीका घटना भएको देखाएको बताएका छन् । राजधानिबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार