श्रावण ३०, २०८३ शनिबार August 15, 2026

सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश

पाँच बुँदामा सुकुम्बासी बस्ती  खाली गराउन गरेको निर्णयसहितको कागजात झिकाउनु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि, प्रक्रियाका विषयमा निर्णयसहितको कागजात झिकाउन आदेश गरेको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार पाँच बुँदामा सुकुम्बासी बस्ती  खाली गराउन गरेको निर्णयसहितको कागजात झिकाउने आदेश गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भई लागू गरिएको शासकीय सुधारसम्बन्धी सय बुँदे दस्ताबेजको बुँदा नं ९१ मा उल्लेख भएबमोजिम तथा नेपालको संविधान, आवासको हकसम्बन्धी ऐन, २०७५, अदालतको आदेशमा जारी निर्देशनअन्तर्गत अवलम्बन गर्नुपर्ने बाध्यात्मक विधि, प्रक्रियाहरू के–कसरी अवलम्बन गरिएको हो रु सोसम्बन्धी निर्णयसहितको कागजातहरू आदेशमार्फत माग गरिएको हो ।

साथै, अदालतले खाली गराइएको बस्तीबाट हटाइएका/बहिर्गमन भएका परिवारहरूको पुनर्वास/दैनिक खानपिन र ज्येष्ठ नागरिक, बिरामी, अपाङ्गता भएका व्यक्तिहरूको औषधोपचार÷सरसफाइ एवं बालबालिकाहरूको शिक्षासम्बन्धी वैकल्पिक व्यवस्थालगायत न्यूनतम मानवअधिकारको अवस्था के–कस्तो रहेको छ रु सो सम्बन्धमा गरिएको प्रबन्धको वस्तुपरक विवरण पनि माग गरेको छ ।

माजिद अन्सारीसमेतले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत विपक्षी राखी दायर गरेको सो रिट निवेदनमा अदालतले दुवै पक्षको छलफलका लागि पनि यही वैशाख २३ गतेका लागि बोलाएको छ । साथै, आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेश प्रदेशमा आवश्यकता अनुसार ट्रमा युनिट सञ्चालन हुन्छ : स्वास्थ्य मन्त्री मेहता
२०८३ श्रावण ३०, शनिबार
एसईईमा उत्कृष्ट नतिजा ल्याउने तीन जना विद्यार्थी पुरस्कृत
२०८३ श्रावण ३०, शनिबार
‘नेपाललाई युरोपेली सङ्घको एयर सेफ्टी लिस्टबाट हटाउन पहल गरौँ’ : सभामुख अर्याल
२०८३ श्रावण ३०, शनिबार
यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
२०८३ श्रावण ३०, शनिबार
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
२०८३ श्रावण ३०, शनिबार
पहिरो प्रभावित बस्ती सार्न सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ श्रावण ३०, शनिबार