बैसाख २३, २०८३ बुधबार May 6, 2026

विश्वकप लिग–२ : ओमानमाथि नेपालको सानदार जित

जितसँगै लिगमा २४ खेल सकेको नेपाल १८ अङ्कसहित सातौँ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २२ गते । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानमाथि सानदार जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानमाथि ८१ रनले विजयी भएको हो । जितका लागि २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै ‘अलआउट’ भयो । ओमानका कप्तान जतिन्दर लागि १२ रन बनाएर सुरुआत गरेका थिए ।

त्यस्तै, हस्नैन उल वहाबले २९ रन जोडे । मध्यक्रममा हम्माद मिर्जाले ३४ रन बनाउँदै सङ्घर्ष गरे भने विनायक शुक्लाले ३६ रन जोड्दै टोलीलाई सम्हाल्ने प्रयास गरे । तर अन्य ब्याट्सम्यानहरू निरन्तर आउट हुँदा ठुलो साझेदारी बन्न सकेन ।

आर्यन विष्टले ६ रन, जितेन रमणान्दीले ३ रन तथा वसीम अलीले १० रन मात्र बनाउन सके । अन्त्यतिर हस्नैन शाहले १४ रन र नदीम खानले १२ रन बनाए ।

नेपालका लागि गुल्सन झाले पाँच विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो ।

इनिङ्सको सुरुआतमै विनोद भण्डारी शून्यमै आउट भएपछि नेपाल दबाबमा परेको थियो । तर त्यसपछि आसिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटका लागि महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले ।

आसिफ शेख उत्कृष्ट ब्याटिङ गर्दै ९४ रन बनाए । उनले सात चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै अर्जुन कुमालले ४८ रनको योगदान दिए भने मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।

अन्तिमतिर आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४३ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर पुर्‍यायो । ओमानका लागि नदीम खानले तीन विकेट लिए भने शकिल अहमद र हस्नैन शाहले समान दुई–दुई विकेट लिए ।

जितसँगै लिगमा २४ खेल सकेको नेपाल १८ अङ्कसहित सातौँ स्थानमा छ । २८ खेल सकेको ओमान ३१ अङ्कसहित तेस्रो स्थानमा छ । यस सिरिजमा सहभागि युएई २४ खेलबाट १४ अङ्क जोड्दै तालिकाको आठौँ एवं अन्तिममा छ ।

आठ टोली सहभागि लिगको शीर्षस्थानमा रहेको अमेरिकाले २४ खेलबाट ३६ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २८ खेलबाट ३४ अङ्क छ ।

नेपालले अब घरेलु मैदानमै वैशाख २९ देखि जेठ ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग आइसिसी विश्वकप लिग–२ कै अर्को सिरिज खेल्ने तय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक आडमा कब्जा शेरा दरबारको जग्गा फिर्ता ल्याउन मन्त्रालय नै बाधक
२०८३ बैसाख २३, बुधबार
कांग्रेसद्वारा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नयाँ सदस्य मनोनयन (सूचीसहित)
२०८३ बैसाख २३, बुधबार
आजको मौसमः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना
२०८३ बैसाख २३, बुधबार
‘रवि जोगाउने’ प्रतिनिधिसभा नियमावलीमा कांग्रेस असन्तुष्ट
२०८३ बैसाख २३, बुधबार
बलवा नगरपालिकामा वैशाख २८, २९ र ३० गते खोप सेवा सञ्चालन गरिँदै
२०८३ बैसाख २३, बुधबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २३, बुधबार
अनधिकृत लिङ्क नखोल्न आग्रह
२०८३ बैसाख २३, बुधबार