असार २३, २०८२ सोमबार July 7, 2025

परीक्षा नियन्त्रक जोशीलाई कोरोना देखिएपछि त्रिवि सिल गरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोना सङ्क्रमण देखिएपछि त्रिवि परीक्षा कार्यालय सिल गरिएको छ । जोशीमा कोरोनाभाइरस संक्रमण देखिएपछि कार्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गरिएको हो ।

कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि जोशी हाल होम आइसोलेसनमा बसेका छन् । विश्वविद्यालयका रोकिएका परीक्षा सञ्चालन गर्नेबारे गत असोज ६ मा भएको बैठकमा जोशी सहभागी थिए । उक्त बैठकमा सहभागी आइओएमकी डिनसमेत रहेकी प्रधानमन्त्रीको निजी चिकित्सक दिब्या सिंह शाहमा पनि कोरोना भाइरस संक्रमण देखिएको थियो ।

आईओएमकी डिन सिंहलाई कोरोना पोजेटिभ देखिएपछि जोशीसहित विश्वविद्यालयका अन्य अधिकारीले पीसीआर परीक्षण गराएका थिए । तर अन्यमा भने कोरोना नेगेटिभ आएको छ । अब आइतबारबाट कार्यालय खुल्ने कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया