बैसाख २६, २०८३ शनिबार May 9, 2026

सुनको मूल्य तोलामा ५ हजार ८ सयले बढ्यो, चाँदी कति पुग्यो ?

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ५ हजार ८०० र चाँदी १७५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार ५५ कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुन २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी ४ हजार ८८० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया