बैसाख २४, २०८३ बिहिबार May 7, 2026

त्रिकोणात्मक क्रिकेटमा नेपाल ‘ए’ क्रिकेट टोलीले आज स्कटल्याण्डसँग खेल्दै

यो शृङ्खलापछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । त्रिकोणात्मक क्रिकेट शृङ्खला अन्तर्गत नेपाल ‘ए’ क्रिकेट टोलीले बिहीबार स्कटल्याण्डसँग एक दिवसीय खेल खेल्दैछ ।

बिहीबारदेखि सुरु हुन लागेको शृङ्खला वैशाख २८ गतेसम्म चल्ने छ । त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपाल ‘ए’, स्कटल्याण्ड र अमेरिका सहभागी हुनेछन्।

खेल तालिका अनुसार नेपाल ‘ए’ले बिहीबार पहिलो खेल स्कटल्याण्ड, वैशाख २५ गते दोस्रो खेल अमेरिकासँग, वैशाख २६ गते तेस्रो खेल स्कटल्याण्डसँग र चौथो खेल वैशाख २८ गते अमेरिकासँग खेल्नेछ। सबै खेल मूलपानीको माथिल्लो मैदानमा हुनेछ ।

अनिल साहको कप्तानीमा रहने नेपाल ‘ए’ बाट तृतराज दास, देव खनाल, इशान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री, रशिद खान, दीपक डुम्रे, पवन सर्राफ, मयन यादव, शेर मल्ल, शाहव आलम रहेका छन् ।

यो शृङ्खलापछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ। अमेरिका लिग २ को अंक तालिकाको शीर्ष स्थानमा छ भने स्कटल्यान्ड दोस्रो स्थानमा छन्। लिग–२ का शीर्ष दुई टोलीले नेपालसँग खेल्नु अघि ‘ए’ टोलीसँग अभ्यास खेल खेल्न लागेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया