कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

कर्णाली विकासमैत्री कार्यक्रम तथा बजेट निर्माण मुख्यमन्त्री कँडेलको आग्रह

विकास साझेदारलाई प्रदेश तथा स्थानीय सरकारसँगै भएर काम गर्दा मात्र अपेक्षित नतिजा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकासमा सहयोग पुग्ने कार्यक्रम तथा बजेट निर्माणमा लाग्न विकास साझेदारलाई आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशमा कार्यरत विकासका साझेदारसँगको समन्वय बैठक’मा उहाँले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी समन्वय तथा सहकार्य गरेर अगाडि बढ्न सुझाउनुभयो ।

विकास साझेदारलाई प्रदेश तथा स्थानीय सरकारसँगै भएर काम गर्दा मात्र अपेक्षित नतिजा आउने उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “प्रदेशका नाममा आएको बजेटको सदुपयोग र यसलाई बढाएर कार्यक्रम गर्न तथा कर्णाली विकासमा अधिकतम लगानीका निम्ति समन्वयात्मक बैठक राखिएको हो । अब नीतिगत सम्बन्ध माथि राखे पनि कार्यक्रमिक कुरा प्रदेश सरकारसँग बसेर गर्नुस् भन्न चाहन्छु ।” सबैको साझा प्रयत्नबाट मात्र सही परिणाम निकाल्न सकिने उहाँको भनाइ छ ।

प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णाली प्रदेशमा कार्यरत गैरसरकारी संस्थाले ‘कर्णाली संस्था’ भन्ने पोर्टल बनाएर काम गर्दा कुन संस्थाले कहाँ के काम गरिरहेका छन्? भन्ने जानकारी लिन सहज हुने बताउनुभयो । विकास साझेदारसँग सम्बन्ध, सहकार्य बढाउने र प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा साझेदारलाई सँगसँगै लैजाने हिसाबले छलफल थालिएको बताउनुभयो ।

बैठकमा कर्णालीमा कार्यरत युनिसेफ नेपाल, युएन वमन, युएनएफपिए, डब्लुएचओ, डब्लुएफपी, आइएलओ, युएनडिपी, वर्ल्ड भिजन इन्टरनेशनल, सिविएम ग्लोबल, आइपास, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेश्नल, विलिङ्क नाओ फाउण्डेसन, हेल्भटास, सुस्वा, द एशिया फाउण्डेसन, स्वीस कन्ट्रयाक्ट, लिस्प, जिआइजेट, लक, केयर नेपाल, आइएनएफ, पिनलगायत विकास साझेदार संस्थाले कर्णालीको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, जलवायु परिवर्तन, लैङ्गिक हिंसा, सामाजिक न्याय तथा मानव अधिकारका क्षेत्रमा काम र आगामी दिनमा गरिने योजना तथा कार्यक्रमको प्रस्तुति राखेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार