बैसाख २४, २०८३ बिहिबार May 7, 2026

लुम्बिनी प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ, वैशाख २४ गते । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार सम्पन्न बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जानकारी दिनुभयो।

यस्तै, अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी तोकिएको छ । बैठकले गुल्मी जिल्लास्थित इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को चापटारीमा कायम गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृति सम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरिएको छ।

प्रदेश प्रशासनिक परिसरभित्र नवनिर्मित भवनबाट सेवा प्रवाहका लागि आवश्यक फर्निचर तथा फिक्स्चर्स व्यवस्थापन गर्न बजेट फुकुवा गर्ने निर्णय समेत बैठकले गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्रम्पको चेतावनीबीच अमेरिकी प्रस्ताव अध्ययन गर्दै इरान
२०८३ बैसाख २४, बिहिबार
त्रिसाली मेलामा रमाउँदै यासोक
२०८३ बैसाख २४, बिहिबार
लुम्बिनी प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी
२०८३ बैसाख २४, बिहिबार
पोखरा विमानस्थल निर्माण प्रकरण : पूर्वमन्त्री कार्कीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८३ बैसाख २४, बिहिबार
साझा प्रकाशनलाई पूर्ववत् अवस्थामा ल्याउन माग
२०८३ बैसाख २४, बिहिबार
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
२०८३ बैसाख २४, बिहिबार
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
२०८३ बैसाख २४, बिहिबार