श्रावण २, २०८२ शुक्रबार July 18, 2025

संविधान संशोधनपछि मात्र उपलब्धिहरु संस्थागत हुन्छन्-अध्यक्ष यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन भए मात्र जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत हुने बताए । पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सप्तरीको बोदे बर्साइनमा सम्बोधन गर्दै अध्यक्ष यादवले तत्काल संविधानमा भएका त्रुटि संशोधन गरी प्राप्त उपलब्धि संस्थागत गर्नुपर्नेमा जोड दिए ।

मुुलुकका पुराना शक्ति काँग्रेस र कम्युनिष्ट असफल भइसकेको विचार व्यक्त गर्दै उनले मधेशमा भएका शक्तिलाई एकीकृत गरी पहाडका उत्पीडित शक्तिलाई समेत समेटेर वैैकल्पिक शक्ति निर्माणको अभियानमा आफूहरु जुटेको उनको भनाइ थियो । अध्यक्ष यादवले पार्टी एकता भएर समायोजनको प्रक्रियामा रहेको पनि बताए ।

भेलामा पार्र्टीका नेता तथा प्रदेश नं २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर सिंह, प्रदेशसभा सदस्य मनिषकुमार सुमन, विन्देश्वर यादव, नेत्रविक्रम साह तथा अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।

यसअघि आजै अध्यक्ष यादवले सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरही पुगेर दिवङ्गत पूर्वसांसद हरिप्रसाद रायलाई श्रद्धाञ्जलि दिए । विसं २०४८ को निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित राय मधेश आन्दोलनका क्रममा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भई मधेश आन्दोलनमा होमिनुभएको थियो । रायको गत आइतबार उपचारका क्रममा निधन भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार