श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

प्रधान न्यायाधीशमा डा. शर्माको नाम सिफारिस

वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख २४ गते । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज बसेको परिषद् बैठकले उहाँलाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो। प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालका अनुसार न्याय परिषद्ले भावी प्रधान न्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको संवैधानिक परिषद्‌मा सिफारिस गरेको थियो ।

सिफारिमध्ये शर्मासँगै हाल कामु वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ र डा. नहकुल सुवेदी रहनुभएको थियो ।

प्रकाशमानसिंह राउत गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै प्रधानन्यायाधीश रिक्त थियो । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको भूमिकामा रहनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार
जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँगको सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन
२०८३ श्रावण २९, शुक्रबार
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार