बैसाख २५, २०८३ शुक्रबार May 8, 2026

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ बराबरको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६ दशमलव ९४ अङ्कले बढेर दुई हजार ७१८ दशमलव १६ को बिन्दुमा कायम भएको हो ।

आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार सात कित्ता शेयर ४५ हजार ६५ पटक खरिद बिक्री हुँदा रू दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बैङ्किङ शून्य दशमलव ३३, विकास बैङ्क शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव २०, जीवन बिमा शून्य दशमलव ३०, लघुवित्त शून्य दशमलव ३५, व्यापार एक दशमलव ५७ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।

वित्त समूह शून्य दशमलव ०८, लगानी शून्य दशमलव ०७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०८, म्युचुअल फन्ड शून्य दशमलव १६ र निर्जीवन बिमा शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू १७ करोड ६८ लाख ३३ हजार ३६९ बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख २६ हजार ६८२ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
२०८३ बैसाख २५, शुक्रबार
उपकुलपतिका लागि दरखास्त खुल्यो (सूचना सहित)
२०८३ बैसाख २५, शुक्रबार
इन्डियन प्रिमियर लिग : लखनउ सुपर जायन्ट्सद्धारा रोयल च्यालेन्जर्स बैंगलुरु पराजित
२०८३ बैसाख २५, शुक्रबार
उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान
२०८३ बैसाख २५, शुक्रबार
नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित
२०८३ बैसाख २५, शुक्रबार
दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
२०८३ बैसाख २५, शुक्रबार
घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय
२०८३ बैसाख २५, शुक्रबार