बैसाख २५, २०८३ शुक्रबार May 8, 2026

सरकारद्वारा १५ महावाणिज्य दूत फिर्ता बोलाउने घोषणा

विदेशस्थित महावाणिज्य दूतहरूलाई पदमुक्त गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल सरकारले १५ जना महावाणिज्य दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले विदेशस्थित महावाणिज्य दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरिएको हो ।

यसैबीच, बैठकले राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष वैशाख २८ गते प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सबै सांसदहरूलाई उपस्थित हुन आह्वान गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया