काठमाण्डाैंः प्रमुख प्रतिपक्ष दल नेपाली काँगंरेस निकट नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदेश ५ को राजधानी बुटवलबाट नसार्न माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।
नेविसंघ र तरुण दलका कार्यकर्ताले शुक्रबार बुटवलमा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदेश राजधानी दाङको भालुबाङ सार्न पाइँदैन भन्दै नारावाजी समेत गरेका छन् ।
प्रदर्शनकारीले सडकमा टायर समेत बालेका छन् । उनीहरूले प्रदेश सरकारविरुद्ध नारावाजी गरेका थिए । प्रदेश सरकारले शुक्रबार प्रदेश ५ को राजधानी लुम्बिनी र स्थायी राजधानी दाङको भालुबाङ बनाउने निर्णय गरेको थियो ।
सो निर्णय प्रदेश सभामा समेत पेश भइसकेको छ । सम्भवत आगामी सोमबारको प्रदेश सभाबाट राजधानी र नाममा निर्णय हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया