कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन

६२ प्रदेशसभा सदस्यको समर्थन कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुर, २७ वैशाखः मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेका छन् ।

प्रदेशका सत्तारुढ चार दलले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई निरन्तरता दिने निर्णय गरेका हुन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा नेपाल) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका नेता युवराज भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेश संसदीय दलका नेता जयनुल राइनको हस्ताक्षरसहित आज जारी विज्ञप्तिमा यादव नेतृत्वको प्रदेश सरकारलाई निरन्तरता दिने उल्लेख छ ।

प्रदेश सरकारको पक्षमा पूर्ण बहुमत छ – मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारको पक्षमा पूर्ण बहुमत रहेको बताउनुभएको छ । जनकपुरधाममा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफ्नो सरकारलाई चार दलको समर्थन कायम रहेको बताउनुभयो ।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेससहित सत्तारुढ चार दलको आज जनकपुरधाममा बसेको बैठकले बुधवारका लागि विश्वासको मत लिने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले आफ्नो सरकारलाई नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालका १७, नेपाली कम्युनिष्ट पार्टीका १५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका आठ जना गरेर ६२ प्रदेशसभा सदस्यको समर्थन कायम रहेको बताउनुभयो ।

मधेस प्रदेशका चार दलको आज बसेको बैठकमा वर्तमान सरकारलाई अझ राम्रोसँग सञ्चालन गर्ने विषयमा छलफल भएको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार